सुन तस्करी प्रकरण : व्यापारी अडुकिया पक्राउ

सुन तस्करी प्रकरण : व्यापारी अडुकिया पक्राउ


काठमाडौं ।

व्यापारी रोहनअडुकिया पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

करिब १०० किलो सुन तस्करी प्रकरणमा  पक्राउ गरिएको हो ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान  विभागले व्यापारी अकुडियाको घरमा छापा मारेको  थियो ।