बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् ।
बिहीबार साँझ करिब ६ बजे पुलमा पुगेका अन्दाजी ४०/४५ वर्षीय पुरुषले नदीमा हाम फालेका हुन् । प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेपछि उनलाई केही व्यक्तिले सम्झाउने तथा रोक्ने प्रयास गरेका थिए । तर, उनीहरूकै प्रयासका बीच ती पुरुषले पुलबाट हाम फालेका थिए ।
घटना भएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको सुरक्षा टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मीले पुल आसपास तथा नदी क्षेत्रमा बेपत्ता पुरुषको खोजी गरिरहेका छन् ।
नदीमा हाम फालेका पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया