सांसद शर्माकाे प्रश्न- ममाथि प्रहरीले २ पटक हातपात गर्याे, हातपात गर्न मिल्ने हो ?

सांसद शर्माकाे प्रश्न- ममाथि प्रहरीले २ पटक हातपात गर्याे, हातपात गर्न मिल्ने हो ?


काठमाडौं।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएकाक हुन् ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? ,’ बाहिरिने क्रममा शर्माले भने ।