ज्यानमारा डेंगी : पाल्पामा ११ महिनाकी बालिकाकाे मृत्यु

ज्यानमारा डेंगी : पाल्पामा ११ महिनाकी बालिकाकाे मृत्यु


पाल्पा ।

पाल्पामा डेंगी संक्रमणबाट १ बालिकाको ज्यान गएको छ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वालिङ नगरपालिका-११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका छिन् ।

डेंगी पोजेटिभ देखिएकी बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले  जानकारी दिए ।