२० तस्बिरमा हेर्नुस् बाढी र पहिराेकाे वितण्डा [फोटो कथा]

२० तस्बिरमा हेर्नुस् बाढी र पहिराेकाे वितण्डा [फोटो कथा]


काठमाडाैँ ।

विगत केही दिनदेखि देशैभर अविरल वर्षा भइरहेकाे छ । वर्षासँगै आएकाे बाढी र पहिराेका कारण जनजीवन कष्टकर बन्दै गएकाे छ ।

कतिपय ठाउँमा मानिसले ज्यानसमेत गुमाउनुपरेकाे छ भने कैयाैँ विस्थापित भएका छन् । हेरौँ २० तस्बिरमा बाढीपहिराेकाे कहर-

शुक्लाफाँटा नगरपालिका-१२ तिलकीका स्थानीय बासिन्दा वनहरा नदीमा भत्किएको तटबन्ध मर्मत गर्दै । नदीले धार परिवर्तन गर्ने सम्भवना बढेपछि स्थानीय बासिन्दाले ७नतसमदान गरी आफनै पहलमा तारजालीको व्यवस्था गरी तटबन्ध मर्मत गरेका छन् ।
म्याग्दीको बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका–४ फापर खेतमा आइतबार बिहान खसेको पहिरो र अवरुद्ध भएको सडक ।
कैलालीको भजनी नगरपालिका आएको बाढीले कटान गरेपछि अस्तव्यस्त भएको ग्रामीण सडक । बाढीका कारण दर्जनभन्दा बढी सडक बाढीले बगाएपछि नगरपालिकाले ती सडक मर्मतसम्भारको काम सुरु गरेको छ ।
डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा गाडी चालक र यात्रु ढुंगा हटाउँदै ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभन्ज्याङमा आइतबार खसेको पहिरो ।
डुम्रे–बेशीसहर–चामे सडक अन्तर्गत लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा सडकको ट्रयाक भासिएपछि बच्चासहित पहिरो कट्दै यात्रु । सडकको ट्रयाक भासिएपछि बेशीसहरतर्फ जाँदै गरेका यात्रु ज्यानको बाजी राखेर पहिरो पार गरिरहेका छन् ।
अविरल वर्षाले जोखिममा रहेका सुर्खेतको विरेन्द्रनगर खोर्केखोला क्षेत्रका घरहरू । खोलाको सतह बढ्दा खोला आसपासका बासिन्दाहरू त्रसित छन् ।
बेनी– दरबाङ सडकखण्ड अन्तर्गत मालिका गाउँपालिका-६ बांगेभिर नजिकै आइतबार खसेको पहिरोले सडक अवरूद्ध भएपछि सडकमा ढलेको रुख काटेर पन्छाउँदै स्थानीय ।
अविरल वर्षाका कारण डुबानमा परेका कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घुश्रा र रहरपुर, पर्सेनी क्षेत्रका धानखेतीलगायत क्षेत्र ।
डुम्रे–बेँसीशहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-२ स्थित खहरेखोलामा आइतबार आएको बाढी कम भएसँगै खहरेखोला तर्दै सवारीसाधन । यस स्थानमा व्यवस्थित कल्भर्ट नहुँदा बर्सेनि बर्खायाममा सवारीसाधनलाई सास्ती हुँदै आएको छ ।
अविरल वर्षाका कारण डुबानमा परेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको तल्लो भागको अवलोकन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया (भण्डारी) ढकाल ।
नेपालगञ्ज–गुलरिया सडक अन्तर्गत बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढीले सडक प्रभावित भएपछि आवतजावतमा कठिनाइ ।
त्रिशूली नदीमा आइतबार राति आएको बाढीले क्षति पुर्‍याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको झोलुङ्गे पुल ।
मेलम्ची – भोताङ सडकअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका–८ खाल्डेखोलामा गएको पहिरोले सडक अवरुद्ध भएपछि अशक्तलाई बोकेर र अरू हिँडेर पहिरो पार गर्दै ।
सुर्खेत र दैलेखको सीमानास्थित रातानाङ्ला–धरमपोखरा–सुयडा सडकखण्डअन्तर्गत धरमपोखरा नजिकैको सडकमा खसेको पहिरो । पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी सडकमा आएपछि सवारीसाधन सञ्चालनमा भएको समस्या ।
अविरल वर्षाका कारण डुबानमा परेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइली र काँक्रेबिहार आसपासको क्षेत्र ।
लगातारको वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पुर्‍याएको क्षति । बाढीले मेलम्ची-हेलम्बु र मेलम्ची-भोताङको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ ।
मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति आएको बाढीले पुर्‍याएको क्षति ।

 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा सोमबार बिहान खसेको पहिरो । पहिरोका कारण उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

तस्बिरहरू सबैः रासस