सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद


काठमाडौं ।

सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप ३ जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ ।

मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ ।

सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।