जेठाे अस्पताल वीरमै छैन पर्याप्त बजेट, आकस्मिक सेवा निःशुल्क गर्ने याेजना अलपत्र

जेठाे अस्पताल वीरमै छैन पर्याप्त बजेट, आकस्मिक सेवा निःशुल्क गर्ने याेजना अलपत्र


काठमाडाैँ ।

वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए। उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो। समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ। डा.पौडेलले ग्यास्ट्राे सर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकिएको बताए।

उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नुनपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए। उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा २/३ जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।

आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको उनले बताए। उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए।

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदै छौँ । हाम्रो क्षमतामा रहेका अप्रेसन थिएटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ ।’