निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । मंगलबार १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।