आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार पनि सुनको भाउ उकालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ सयले बढेको हो ।

हिजो १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १० हजार ५५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।