५ किलाे चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

५ किलाे चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ


सिरहा ।

सिरहा प्रहरीले करिब ५ किलाे चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरेको हो।

विषेश सूचनाका आधारमा प्रहरीले जाँच गर्ने क्रममा कपडाको धोक्रोमा हाली नाइटोभन्दा मुनी कम्मरमा बाँधेको अवस्थामा ५ लाख मूल्य बराबरको चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र पाण्डेले जनाए ।

पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको डिएसपी पाण्डेले जनाए ।