राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएका थिए ।