वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा पौडेल

वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा पौडेल


काठमाडौँ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोष शाखाको अध्यक्षमा अच्युतम् पौडेल चयन भएका छन् ।

राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा विमलेश यादव चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा प्रदीप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन विक र प्रकाश गौतम छन् भने महिला संयोजकमा मीनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार चयन भए ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्री पाण्डे र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले गरेका थिए ।