ललितपुरका नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुरका नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको हो ।

उक्त अभियोगमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत गिरी, सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मालपोत कार्यालय ललितपुरका कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स.६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको उजुरी परेको अख्तियारले जनाएको छ ।

निजहरुलाई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।