हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ : सहरी विकासमन्त्री गुरुङ

हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ : सहरी विकासमन्त्री गुरुङ


काठमाडौँ ।

सहरी विकासमन्त्री सीता गुरुङले अहिले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छिन् ।

आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोही अनुसार ७ वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ । त्यहीअनुसार आज हामीले ७ वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौँ । यसले संघीयतामा गइसकेपछि संघीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटोभन्दा छिटो भवन तयार गरी सार्न सफल भयौँ ।’

उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय तथा आवासको बसाइबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी ढंगले उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।