५ दिन देखि सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

५ दिन देखि सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा सोमबार पनि सुनको भाउ स्थिर रहेको छ ।

गत बिहीबारबाट यथावत रहेको सुनको भाउ आज पनि स्थिरनै रहेको छ ।

आज सुन १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ भने ओरालो लागेको छ । आइतबार १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।