महालक्ष्मी विकास बैंकको अनलाइन सेवा पुनः सञ्चालनमा

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा पुनः सञ्चालनमा


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवाहरूलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरूले अनलाइन मार्फत सहजै रूपमा एकाउन्ट ओपेनिङ, केवाईसी अपडेट, न्यू डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, न्यू लकर एण्ड मर्चेन्ट रिक्वेस्ट एण्ड डिस्पुट क्लेम जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेबसाइट मार्फत ग्राहकहरूले उक्त सेवाहरू लिन सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जनाएको छ ।