टाटा पन्च र टियागो इभीका नँया गाडीहरु भरतपुरको नयाँ शोरुममा

टाटा पन्च र टियागो इभीका नँया गाडीहरु भरतपुरको नयाँ शोरुममा


चितवन ।

टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।

३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ ।

सोहि कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ ।

कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ र ति हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिक्तित विक्रेता सिप्रदीले विश्वास लिएको छ ।