मीड सोलु हाइड्रोको आइपिओ बाँडफाँड कहिले ?

मीड सोलु हाइड्रोको आइपिओ बाँडफाँड कहिले ?


काठमाडौं ।

मीड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आइपिओ असोज १० गते बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते बुधवारका दिन साँझ ५ बजे बिजुली बजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साबिक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।