आइपिओ जारी गर्दै आयल निगम, कहिलेबाट ?

आइपिओ जारी गर्दै आयल निगम, कहिलेबाट ?


काठमाडौं ।

नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने तयारी गरिरहेको बताएका छन् ।

मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा २ आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले बताए ।

कम्तीमा २ आर्थिक वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनले बताए ।

सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आइपिओ जारी गर्ने उनको भनाइ थियो ।

उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपिओ दिने तयरी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने उनले बताए ।