सुजुकीको बाइक र स्कुटर किन्दा १० हजार नगद छुट, बम्परमा १० ग्राम सुनको सिक्का

सुजुकीको बाइक र स्कुटर किन्दा १० हजार नगद छुट, बम्परमा १० ग्राम सुनको सिक्का


काठमाडौं ।

सुजुकी मोटरसाइकल तथा स्कुटरका नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबमाइल्सले मोटरसाइकल तथा स्कुटरको खरिदमा दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको छ ।

कम्पनीका अनुसार यो स्किमअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मूल्यांकन प्राप्त गर्न सक्ने वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै १ वर्ष सडक कर छुट हुनेछ ।

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र्रमार्फत् बम्परमा १० ग्राम सुनको सिक्का १ जनालाई प्रदान गरिने कम्पनीको भनाइ छ ।