प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार सार्वजनिक ऋण

प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार सार्वजनिक ऋण


काठमाडौं ।

प्रतिव्यक्ति सार्वजनिक ऋण ७९ हजार रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार प्रतिव्यक्ति सार्वजनिक ऋण ७९ हजार २०१ रुपैयाँ पुगेको हो ।

यस्तै नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो ।

यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।

ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

यसमा साउन र भदौ महिनामा सरकारले कुल ४९ अर्ब २३ करो ३२ लाख रुपैयाँ ऋण थपेको छ ।