आज १४ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

आज १४ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ घटेकाे छ।

आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेकाे  हाे । योसँगै प्रतितोला छापावाल सुन१ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।