आइपिओ खुला गर्दै चिरख्वा हाइड्रो, कहिलेदेखि ?

आइपिओ खुला गर्दै चिरख्वा हाइड्रो, कहिलेदेखि ?


काठमाडौं ।

चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ खुला गर्ने भएको छ ।

कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको निश्कासन गर्न लागेको हो । स्थानीयले नकिनेको १ लाख ९५ हजार ३ सय आइपिओ कित्ता पनि थप गरिएको छ ।

यसअघि यस कम्पनीले १०५ अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २५ अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५५ अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।