आज यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने

आज यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने


Asphalt road.

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।