जंगली च्याउ खाँदा दाजुबहिनीको मृत्यु

जंगली च्याउ खाँदा दाजुबहिनीको मृत्यु


बझाङ ।

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ ।

जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

५ जनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन् ।