कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु शिवाकोटी निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

दुई पदका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । सहमहामन्त्रीमा निर्वाचित खतिवडा विशेष महाधिवेशनमा सहभागी थिएनन् । उनी हालै मात्र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गरेको महाधिवेशनमा सहभागी भएका थिए ।

यस्तै शिवाकोटी भने सुरुदेखि नै विशेष महाधिवेशनमा सहभागी थिए । खतिवडा सभापति गगन थापानिकट मानिन्छन् । कांग्रेसमा हालसम्म सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र केही सहमहामन्त्रीको मात्र नतिजा आएको छ ।

अन्य सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।