प्रचारकाे भाेक : ४७५ लिटर मदिरा नष्ट गर्न १२ जनाभन्दा बढी !

प्रचारकाे भाेक : ४७५ लिटर मदिरा नष्ट गर्न १२ जनाभन्दा बढी !


डडेल्धुरा ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्लाको बिद्युतरोड, तुफानडाँडा तथा भात्काँडा क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा ४ सय ७५ लिटर न्यून स्तरको घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

बिक्रीका लागि लुकाइछिपाइ घरमै राखेका तथा विभिन्न भाडाका सवारीसाधनमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले उक्त मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।

उक्त बरामद गरिएको मदिरा बुधबार प्रहरी तथा पत्रकारको रहोवरमा नष्ट गरिएको छ ।

बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि जिप्रका डडेल्धुराले मदिरा नष्ट गर्ने अभियानलाई तिव्रता दिएको हो ।

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै प्रहरी नायव उपरीक्षक भट्टले प्रतिबन्धित मदिरा उत्पादन तथा बिक्री वितरण नगर्न सबैमा आग्रह गरे ।