डेडिकेटेड र ट्रंकलाइनदाई प्राधिकरणले भन्यो-१ महिना भित्र बक्यौता भुक्तानी गर्नु

डेडिकेटेड र ट्रंकलाइनदाई प्राधिकरणले भन्यो-१ महिना भित्र बक्यौता भुक्तानी गर्नु


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको विवादित रकम भुक्तानी समय थप गरेको छ ।

पटक पटक रकम उठाउने सूचना गर्दै स्थगन गर्दै आएको प्राधिकरणले १७ गते एक सूचना निकालेर १५ दिनभित्र बक्यौता भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो ।

तर, बिहीबार एक सूचना निकालेर पुनः म्याद थप गर्दै प्राधिकरणले १ महिना भित्र बक्यौता भुक्तानी गर्न भनेको हो ।

डेडिकेटेड र ट्रंकलाइन बाट १२ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ ।