३ करोड कित्ता आइपिओ ल्याउदै हिमालयन रिइन्स्योरेन्स

३ करोड कित्ता आइपिओ ल्याउदै हिमालयन रिइन्स्योरेन्स


काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आइपिओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

हिमालयन रिइन्स्योरेन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै प्रिमियममा आइपिओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आइपिओ ल्याउन अनुमति मागेको छ।

सेबोनले अनुमति दिएमा यो कम्पनीले ३ करोड कित्ता आइपिओ ल्याउनेछ। आइपिओ बिक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउनेछ।

यो आइपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।