नेप्सेमा ४२ अंकको पहिरो, एनआइसी एसियाको सर्वाधिक कारोबार

नेप्सेमा ४२ अंकको पहिरो, एनआइसी एसियाको सर्वाधिक कारोबार


काठमाडौं ।

सेयर बजारले फेरि दबाबको सामना गरेको छ । ने

प्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ ।

२ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् ।