सानवी इनर्जीले पायो आइपिओ निष्काशन अनुमति

सानवी इनर्जीले पायो आइपिओ निष्काशन अनुमति


काठमाडौं ।

सानवी इनर्जी प्रालिले आइपिओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको छ।

सानवी इनर्जी गत भदौ २७ गते सेबोनमा निवेदन दिँदै आइपिओ ल्याउने अनुमति दिन माग गरेको हो।

सेबोनले अनुमति दिएमा यो कम्पनीले ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपिओ जारी गर्नेछ।

जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुला गर्नेछ।

सानवी इनर्जीको आइपिओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।