सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को नगद लाभांश खातामा जम्मा

सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को नगद लाभांश खातामा जम्मा


काठमाडौँ ।

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले आफ्ना एकाइधनीलाई नगद लाभांश बैंक खातामा पठाइसकेका छन् ।

दुवै फन्डले भदौ १२ गतेसमम  डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका एकाइधनीहरूको प्रतिफल भदौ २७ गतेबाट पठाउन सुरु गरेको जनाएका छन् ।

यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका एकाइधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । यसका लागि एकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर एकाइ डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका एकाइधनीले भने खाता खोलेर एकाइ डिम्याट गर्नुपर्नेछ ।  खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफाबाट इन्भेस्टमेन्ट ग्रोथ स्कीमले करसहित ६.५% र इक्विटी फन्डले करसहित ५% का दरले नगद लाभांश वितरण गरेका हुन् ।