बजाज मोटरसाइकलले ४०० सीसी पल्सर ल्याउने

बजाज मोटरसाइकलले ४०० सीसी पल्सर ल्याउने


काठमाडौं ।

बजाज मोटरसाइकलले पल्सर सिरिजमा पावरफुल मोटरसाइकल ल्याउने भएको छ ।

बजाज अटोका निर्देशक राजिव बजाजले ४०० सीसीमा पल्सर ल्याउने जानकारी दिएका हुन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा हालसम्मकै ठूलो पल्सर चाँडै आउने खुलासा गरेका हुन् । उनका अनुसार यो आर्थिक वर्षमा ६ नयाँ मोडल सार्वजनिक हुने बताएका छन् । सो मध्ये एक हालसम्मको सबैभन्दा ठूलो पल्सर हुने समेत उनले जानकारी दिएका छन् ।

उनले पल्सर सिरिजमा आउने बताए पनि कुन मोडल ल्याउने भन्ने बारे कुनै जानकारी बाहिर खुलाएका छैनन् ।

हाल पल्सर लाइन अपमा सबैभन्दा पावरफुल मोटरसाइकल पल्सर एन २५० रहेको छ । बजाजले २०१४ अटो एक्स्पोमा सीएस ४०० र एसएस ४०० को कन्सेप्ट मोडल प्रदर्शन गरेको थियो । कम्पनीले त्यसमै आधारीत पल्सर ल्याउन सक्नेछ ।

यसमा ३९८ सीसी लिक्वीड कुल्ड इन्जिन हुने अपेक्षा गर्न सकिन्छ । कम्पनीले यसलाई डोमिनार ४०० भन्दा केही कम पावरमा ल्याउन सक्छ ।

पल्सर सिरिजमा आउने नयाँ मोटरसाइकलमा सेमि डिजिटल कन्सोल, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, स्लिपर क्लच जस्ता फिचर हुने अपेक्षा गर्न सकिन्छ ।