बिहीबार पनि घट्यो सुनको भाउ, कति पुग्यो ?

बिहीबार पनि घट्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन १ लाख ११ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । हिजो १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।