बेपत्ता भएको १८ महिना पछि झुन्डिएको अवस्थामा भेटिए ७० बर्षीय बिक

बेपत्ता भएको १८ महिना पछि झुन्डिएको अवस्थामा भेटिए ७० बर्षीय बिक


पोखरा।

बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका – ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्धीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।

हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ ।