गौशालामा दिनदहाडै हुसेनमाथि चक्कु प्रहार, पेस्तोल पनि बरामद

गौशालामा दिनदहाडै हुसेनमाथि चक्कु प्रहार, पेस्तोल पनि बरामद


काठमाडौं ।

काठमाडौँको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

गौशालाको पिके डायग्नोस्टिक सेन्टरका संचालक साजन हुसेन माथि चक्कु प्रहार भएको हो ।

उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो । घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।

फरार रहेका चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी वृत्त गौशाला जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।