अनुदान र म्यानपावरको नाममा लुट्ने दलाललाई राजदूत उपहार ?

अनुदान र म्यानपावरको नाममा लुट्ने दलाललाई राजदूत उपहार ?


काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि गम्भीर ठगी र भ्रष्टाचारको आरोप लागेपछि उहाँको संसदीय सुनुवाइ प्रक्रिया ‘होल्ड’ गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले Proposed Ambassador खरेलमाथि झापाका सोझा नागरिकलाई अनुदान मिलाइदिन्छु भन्दै लाखौँ ठगी गरेको, म्यानपावर कम्पनीको गाडी चढेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने बहानामा करोडौँ असुलेको आरोप लगाउनुभएको छ।

सांसद खत्रीले गाडी नम्बर र उजुरीकर्ताको प्रमाणसहित समितिमा प्रश्न उठाएका हुन्। यद्यपि प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्नुभएको छ। दुवै पक्षको भनाइपछि समितिले थप छानबिन र अध्ययनका लागि सुनुवाइ स्थगित गरी होल्डमा राखेको छ।