बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सुर्यबिनायक घर भएका ५१ वर्षीय गोकुल थापा छन् ।

प्रतिवादी थापालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

सकुन्तला थापाको जाहेरीले गोकुलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

उनलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिए ।