काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज काभ्रेपलाञ्चोकको पाँचखालस्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरको पूजा अर्चना गरी दर्शन गर्नुभएको छ।
बडादसैँको चौथो दिन आज बिहान १० बजे प्रधानमन्त्री शाह पलाञ्चोक भगवती मन्दिर पुग्नुभएको पाँचखाल वडा नम्बर ९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसमेत रहनुभएको थियो। मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले प्रधानमन्त्री शाहको स्वागत गरेका थिए।

प्रतिक्रिया