सुदूरपश्चिमलाई धुलो चटाएको लुम्बिनी लायन्स फेरि मैदानमा, तेस्रो सिजनको ट्रफी नछोड्ने दाउ

सुदूरपश्चिमलाई धुलो चटाएको लुम्बिनी लायन्स फेरि मैदानमा, तेस्रो सिजनको ट्रफी नछोड्ने दाउ


काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि साविक विजेता लुम्बिनी लायन्सले आफ्नो तयारी तीव्र पार्दै मुख्य खेलाडी र प्रशिक्षकलाई निरन्तरता दिएको छ।

लुम्बिनीले कप्तान रोहित पौडेलसहित ७ खेलाडी र मुख्य प्रशिक्षक टिनु योहान्नानलाई नै तेस्रो सिजनका लागि निरन्तरता दिएको हो। गत सिजनको फाइनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीले यसपटक पनि आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।
अक्सनबाट आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव र अजय चौहानलाई अनुबन्ध गर्दै टिमलाई थप मजबुत बनाएको लुम्बिनी लायन्सले यसपटक पनि रोमाञ्चक खेल प्रदर्शन गर्ने जनाएको छ।