११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ


तनहुँ ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भएका २६ वर्षीय कर्णबहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।