सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ


काठमाडौं ।

दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना प्रक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।