भोलि देखि ‘हुन्डाई फेस्टिभ कार्निवल’ सुरु

भोलि देखि ‘हुन्डाई फेस्टिभ कार्निवल’ सुरु


काठमाडौं ।

आउँदै गरेको नेपालीहरुको महान चाड बडा दसैँ, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ सञ्चालन गर्दैछ।

कम्पनीले आउँदो शुक्रबार (असोज १९) देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ।कार्निवलमा हुण्डाईका सबै शोरुमहरूमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ।

लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न ‘डीआईवाई टिप्स एण्ड ट्रिक्स’, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडी सम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाई भोल्टेज ब्याट्री चेकअप, मोट र्याली जस्ता अरु विभिन्न कार्यक्रम सञ्चालन हुने छन्।

तीनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्सटर ट्रिजर हन्ट, डेली टेस्ट ड्राइभ एण्ड विन’ र महिला चालकहरुप्रति लक्षित हुन्डाई ह्विल्स अन हिल्स’ जस्ता कार्यक्रमहरु पनि आयोजना गरिनेछ। कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बीओएससीएच तथा ह्विर्लपुल का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।