कर्णाली नदीको तुइन चुँडिँदा एक जना बेपत्ता

कर्णाली नदीको तुइन चुँडिँदा एक जना बेपत्ता


हुम्ला ।

हुम्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुँडिँदा एक जना बेपत्ता भएका छन् ।

सर्के गाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिवार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मकरसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

उनी मुगु जिल्ला सोरूँ गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर वासस्थानतिर जाने क्रममा शनिवार ल्याप्चेमा रहेको ९खडीखेत० घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लाली बगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।