सानिमा माई हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति

सानिमा माई हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति


काठमाडौं ।

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

यसले १०प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असोज २४ गते बुक क्लोज हुनेछ ।

तसर्थ, मंगलबार असोज २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।