कमलाको हत्या आरोपमा तामाङ पक्राउ

कमलाको हत्या आरोपमा तामाङ पक्राउ


सुनसरी ।

इटहरीबाट हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ छन् ।

निमाले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ बर्सिया कमला तामाङको हत्या गरेको आरोप छ ।

सामान्य विवादमा उनले कमलालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा निधन भएको थियो ।

घटनाबारे इलाका प्रहरी कार्यालय पकलीले अनुसन्धान गरिरहेको छ ।