प्रभु सेलेक्ट फन्डको नगद लाभांश खातामा जम्मा

प्रभु सेलेक्ट फन्डको नगद लाभांश खातामा जम्मा


काठमाडौं ।

प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ ।

फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ ।

यता, फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने प्रभु क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित ९।५५ नगद लाभांश वितरण गरेको हो ।

लाभांश वितरणको लागि यसले असोज १२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीको खातामा लाभांश जम्मा गरिदिएको हो ।