इतिहासकै महँगो सुनको भाउ

इतिहासकै महँगो सुनको भाउ


काठमाडौं ।

शुक्रबार ५ सयले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

दशैं पछि शुक्रबार मात्र कारोबार भएको सुनमा ५ सयले सुनको भाउ बढेपछि सुनको भाउ १ लाख १६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दशैं अघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय कायम रहेको छ ।