आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । हिजो १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।