बिहीबार एक कम्पनीको आइपिओ बाँडफाँड हुने

बिहीबार एक कम्पनीको आइपिओ बाँडफाँड हुने


काठमाडौं ।

चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड यही बिहीबार हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आइपिओ बाँडफाँट गर्ने भएको हो।आइपिओ बाँडफाँट बिहीबार दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी रहेको छ र

यो आइपिओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको थियो।

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपिओ बिक्री खुला गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आइपिओमा १२ लाख १२ हजार ६४५ आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।

यो आइपिओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आइपिओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

चिरख्वा हाइड्रोपावरको आइपिओमा ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।